कांग्रेस संसदीय दलको बैठक बस्दै

| 2026 Apr 06 | 12:14 pm 353

चैत २३ काठमाडौँ / नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरवारस्थिति दलको कार्यालयमा आज बस्दै छ। बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने छ।

कांग्रेस संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने तयारी छ। गत फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा निर्बाचित मध्ये नेता अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, निस्कल राई लगायतको दाबेदारी रहेको बुझिएको छ ।

आइतबार सभामुखमा निर्वाचित डोलप्रसाद अर्यालले अब प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन्। संसदमा प्रतिनिधित्व भएका रास्वपा, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृत पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन्।

प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन। प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्य समेत रहने व्यवस्थाका कारण कांग्रेसमा दलको नेता चयनको बिषय पेचिलो बन्दै गएको छ।

श्रोतका अनुसार पूर्वसहमहामन्त्री तथा समानुपातिक सांसद आङदेम्बेलाई सर्वसम्मत दलको नेता चयन गर्ने तयारी बुझिएको छ। चैत २४ गते संसदीय दल नेता चयन गर्ने निर्वाचन समितिको तयारी छ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.