कानुनमन्त्री आफैं सरकारी कार्यालयमा धर्ना बसे

| 2018 Sep 02 | 02:44 pm 1887

काठमाडौं, भदौ १७ : प्रदेश नम्ब २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव आफैं राष्ट्र बैंकको जनकपुर कार्यालयमा धर्ना बसेका छन् । सरकारले दिएको सार्वजनिक विदा अवज्ञा गरेको भन्दै मन्त्री यादव धर्ना बसेका हुन्।

मन्त्रीसहितको टोली कार्यालयको मुलगेटमा धर्ना बसेका छन । प्रदेश सरकारले आज आइतबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक विदा दिएको छ । तर, संघीय सरकार मातहतका कार्यालयहरु खुलेका छन् ।

प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै अन्तरिम मामिलामन्त्री यादवले नै राष्ट्र बैंकको जनकपुर कार्यालयको मुलगेटमा ताला लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.