लामखुट्टे भगाउन ‘रिस्ट ब्यान्ड’ लगाउनुहोस्

रिपोर्ट नेपाल | 2018 Sep 01 | 02:38 pm 2954

काठमाडौं, भाद्र १६: अब लामखुट्टे भगाउने रिस्ट ब्यान्ड तयार भएको छ । स्विट्जरल्यान्डको ज्युरिखस्थित नोपिक्सगो कम्पनीले विकास गरेको उक्त ब्यान्डले बिजुली चम्किँदा पैदा हुने तरंग जस्तै तरंग प्रवाह गर्छ।

यसका कारण लामखुट्टेले कुनै तुफान आएजस्तो अनुभव गर्छन् र आफ्नो बचाउका लागि आश्रय स्थलको खोजीमा लाग्छन्।

उक्त इलेक्ट्रो म्याग्नेटिक वेभ मानिसका लागि भने हानिकारक हुँदैन। यसले धेरै हल्का सिग्नल उत्पादन गर्छ । यो स्किन फ्रेन्ड्ली तथा जलप्रतिरोधी छ अर्थात् यो ब्यान्ड पानीमा भिज्दा पनि खराब हुँदैन । यसमा भएको ब्याट्रीलाई युएसबीको सहयोगले १ घण्टा चार्ज गर्दा एक सातासम्म प्रयोग गर्न सकिन्छ ।

ब्याट्री कम भयो भने यसमा भएको एलईडी डिस्प्लेमा रातो कलर देखिन्छ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य ७० डलर छ भने आगामी अक्टोबरदेखि यो रिस्ट ब्यान्ड बजारमा उपलब्ध हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.