काठको पुल तर्ने क्रममा खोलाले बगाएर श्रीमान-श्रीमतीको मृत्यु

रिपोर्ट नेपाल | 2018 Sep 01 | 09:08 am 2279

रुकुम, भदौ १६  :  रुकुम बाँफिकोट गाउँपालिकामा काठको पुल तर्ने क्रममा खोलाले बगाउँदा श्रीमान श्रीमतीको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका ८ दुलि दुलिखाका ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफिकोटको बडगाई खोलामा बगेर मृत्यु भएको हो ।

घर्ती दम्पति मध्ये श्रीमान अमृतको शव शुक्रबार बेलुकी फेला परेको थियो । त्यस्तै श्रीमती तुलसाको शव भने आज बिहान सात बजेतिर फेला परेको छ । खोजी गरिरहेका स्थानीय र प्रहरीको टोलीले बगेको भन्दा करिब डेढ सय मिटर तल शव फेला पारेको स्थानीयले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.