सिन्धुपाल्चोक, भदौ १६ : मानिसहरुले भन्ने गरेको त सुनेकै हो ‘भाग्य बलियो भयो भने गोरु पनि ब्याउँछ ।’ गोरु ब्याएको त देखिएको छैन, तर पछिल्लो पटक गोरुले दूध दिएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा दुधालु गोरुको भिडियो भाइरल बन्दै गएको छ । गोरुले दूध दिन्छ भन्ने सुन्दा पनि जोकसैलाई झुटो लाग्न सक्छ । तर सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र गोरुले दूध दिने सत्य रहेको यसका किसनले नै बताएका छन् ।
सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङले पालेको गोरुले दूध दिन थालेको हो । यसको भाइरल बन्दै गएको भिडियो पनि तामाङले पालेको गोरुको रहेको बताइएको छ ।

तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दूध गाउँलेलाई प्रसाद बाँड्छन् । बिहान बेलुकी गरेर एक माना जति दिन्छ । पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन्, अनि तामाङचाहिँ दङ्ग ।
गोरुले दूध दिन्छ भन्ने सुनेपछि तामाङको घरमा गोरु हेर्न आउनेको भिड लाग्न थालेको छ । सुरुमा तामाङ आफै पनि निकै चकित परेका थिए । उनका अनुसार गत जेठदेखि गोरुको अण्डकोषछेउको थुनबाट दूधको थोपा खस्न थाल्यो ।
उनले बिहान बेलुकै दुहुने गरेको बताए उनले भने, ‘गोरुको तन्तुबाट सेतो पदार्थ झर्न थालेपछि दूध हो कि भनेर दुहेको त हो रहेछ । तर थुनमध्ये दुईवटा बिहान बेलुकै दुहुने गरेको छु । सबैले भगवान् शिवजीको साढे नन्दी भनेर पूजा गर्न थालेका छन् ।’
यद्यपि गोरुले दुध दिनुको बैज्ञानिक कारण भने थाहा हुन सकेको छैन । यो अध्ययनको विषय हुन सक्छ ।
गोरुले दूध दिन्छ भन्ने सुन्दा पनि जोकसैलाई झुटो लाग्न सक्छ । तर सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङले पालेको गोरुले दूध दिन थालेको छ । तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दूध गाउँलेलाई प्रसाद बाँड्छन् । बिहान बेलुकी गरेर एक माना जति दिन्छ । पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन्, अनि तामाङचाहिँ दङ्ग ।गोरुले दूध दिन्छ भन्ने सुनेपछि तामाङको घरमा गोरु हेर्न आउनेको भिड लाग्न थालेको छ । सुरुमा तामाङ आफै पनि निकै चकित परेका थिए ।
Posted by Nabin Kulung on Thursday, August 30, 2018