प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी पशुपतिमा

रिपोर्ट नेपाल | 2018 Aug 31 | 05:41 pm 2542

काठमाडौँ, भदौ  १५ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन् आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले पशुपति क्षेत्रमा भारत सरकारले निर्माण गरेको धर्मशाला संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भारतको लगानीमा निर्माण भएको ८८ कोठा रहेको धर्मशाला उद्घाटनका लागि शुक्रबार प्रधानमन्त्री ओली र मोदी पशुपतिनाथ पुगेका हुन् ।भारतीय प्रधानमन्त्री मोदीले २०१४ जुलाईमा पहिलो पटक नेपाल भ्रमणमा आएका बेला उक्त धर्मशाला निर्माणको घोषणा गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.