वीरगञ्ज -काठमाण्डौं रेलमार्ग सर्वेक्षण सहमतिमा हस्ताक्षर

| 2018 Aug 31 | 04:40 pm 1963

काठमाडौं, भदौ १५ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदबीच भेटवार्ता भएको छ । बिमस्टेक सम्मेलनका लागि काठमाडौं आएका मोदीले नेपाली समकक्षी ओलीसँग द्वियक्षीय भेटवार्ता गरेका हुन् ।

शुक्रबार अपरान्ह चएको भेटवार्तामा नेपाल र भारतबीच वीरगञ्ज –काठमाण्डौं रेलमार्ग सर्वेक्षण सहमतिमा हस्ताक्षर भएको छ । दुई देशबीच भएको सहमतिमा भारतको कोलकतारहल्दिया तथा विसखापट्टनम बन्दरगाहको प्रमुख भंसार विन्दूबाट सबैभन्दा नजिकको रेल विन्दुसम्म थोक कार्गो आवतजावत सेवा र वीरगन्ज–काठमाण्डौं रेलमार्गको रेलमार्ग यातायात सर्वेक्षण सहमति भएको जनाइएको छ ।

राजधानीको होटल सोल्टीमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदीसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.