स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बलेंलाई काम गर्न दिन कांग्रेसको आग्रह

| 2024 Jun 06 | 12:03 pm 933

काठमाडौँ २४ जेठ / नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार अनुसार काम गर्न दिन माग गरेकी छिन् । कांग्रेसकी सांसद सेजुवालले प्रतिनिधिसभाको बैठकमा बोल्दै केहि दिन अघिदेखि काठमाडौँ महानगरपालिका र सङ्घीय सरकारबिच विवाद चुलिएको बताउँदै २०७४ ले दिएको अधिकार अनुसार काम गर्न दिन आग्रह गरिन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ कि हामी खारेज गरौँ । स्थानीय तहबारे यो संविधानमा जुन परिकल्पना गरेको छ, खारेज गरौँ, होइन भने बालेनलाई काम गर्न किन नदिने ? न्यूरोड गेटदेखि वसन्तपुर, ठमेलमा किन गाडी गुड्ने सहर चाहियो र ? किन रोड चाहियो ? फराकिलो बनाउनका लागि, फुटपाथका व्यापारीहरूलाई, श्रमजीवी व्यापारीहरूलाई गरी खान नदिने ? बालेनको जुन उद्देश्य भिजन थियो त्यसलाई म समर्थन गर्दछु । सांसद सेजुवालले भनिन्

‘म फेरि पनि आग्रह गर्न चाहन्छु, सङ्घीय सरकारको भौतिक मन्त्रालयसँग यदि पैसा बढी छ भने कर्णालीमा मृत्यु मार्गको रूपमा रहेका जुन राजमार्ग छ, त्यसमा पैसा लगानी गरोस् । हैन भने बालेनसँग, काठमाडौँ महानगरसँग स्रोत साधन छ, उहाँहरूलाई काम गर्ने वातावरण गराऊ । बैठकमा उनले भनिन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.