नेपालले आज बिमस्टेकको नेतृत्व हस्तान्तरण, श्रीलं‌कामा पाँचौ सम्मेलन

| 2018 Aug 31 | 11:31 am 1970

काठमाडौं, भदौ १५: राजधानीमा बिहीबारदेखि शुरु भएको प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन आज समापन हुँदैछ। बिहीबार होटल सोल्टीमा शुरु भएको सम्मलेनमा आज अध्यक्ष राष्ट्र नेपालले अध्यक्षता हस्तान्तरण गरेका छन्।

सन् २०१४ देखि बिमस्टेकको अध्यक्षता गर्दै आएको नेपालले श्रीलंकालाई अध्यक्षता हस्तान्तरण गर्न लागेको हो । बिमस्टेकको पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना हुनेछ ।

सम्मेलनको दोस्रो तथा अन्तिम सत्र अहिले बिहान ११:०२ बाट शुरु भएको छ। सम्मेलनको शुरुमा बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकको निर्णयसम्बन्धी रिर्पोट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गर्नेछन् । मन्त्रस्तरीय बैठकको अध्यक्षको हैसियतमा उनले १५ मिनेट मन्तव्य राख्नेछन् ।

कार्यतालिका अनुसार, ११: २० बजे बिमस्टेकका महासचिव शाहिदुल इस्लामले प्रगति प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । महासचिवको प्रतिवेदनपछि बिमस्टेक सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ।

चौथो शिखर सम्मेलनको घोषणापत्र ग्रहण कार्यक्रम ११:५६ बजेका लागि तय भएको छ । मध्याह्न सवा १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राखेर सम्मेलन समापनको घोषणा गर्ने कार्यक्रम छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.