रहेनन् रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमाल

रिपोर्ट नेपाल | 2018 Aug 31 | 08:28 am 1641

काठमाडौं, भदौ १५: रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन भएको छ। गायक तथा नाट्यकर्मी रिमालको ९३ वर्षको उमेरमा विहीबार राति निधन भएको पारीवारिक श्रोतले बताएका छन् ।

विसं १९८२ साल असोज २ गते जन्मिएका रिमालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म नयाँ बानेश्वरमा रहेको उहाँकै निवासमा राखिने छ । त्यसपछि पशुपति आर्यघाट लगेर अन्त्यष्टि गरिने आफन्तले बताएका छन् ।

रिमालको ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत सदाबहार छन् । उनी नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक पनि थिए । उनले ‘आमा’, ‘मनको बाँध’, ‘के घर के डेरा’, ‘सन्तान’, ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनय गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.