प्रत्यक्ष लाभ हुने काम गरेमात्र कांग्रेसप्रति जनताको विश्वास बढ्ने: महामन्त्री डा कोइराला

| 2018 Aug 30 | 10:25 pm 2417

काठमाडौँ, भदौ १४: जनताले अत्यधिक विश्वास गरेर विजयी गराएका प्रतिनिधिहरुलाई नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताको हितमा काम गर्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेसबाट विजयी नगरपालिकाका प्रमुख तथा उपप्रमुखको सम्मानमा बिहिबार साँझ आयोजित रात्रीभोज समारोहमा महामन्त्री कोईरालाले उक्त कुरा बताएका हुन् । जनप्रतिनिधिहरुलाई भने “तपाईहरुले गरेको कामको आधारमा पार्टी बलियो वा कमजोर हुन्छ, त्यसैले पार्टी बलियो हुने गरी जनअपेक्षाअनुसार काम गर्नुहोस् ।”
जनताको लागि प्रत्यक्ष लाभ हुने काम गरेमात्र कांग्रेसप्रति जनताको विश्वास बढ्ने महामन्त्री कोइरालाले बताए ।

नेपाली कांग्रेसले देशभर १९१ वटा नगरपालिका प्रमुख तथा उपप्रमुखमा विजय हासिल गरेको छ । उक्त अवसरमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, प्रमुख सचेतक बालकृष्ण खाँडलगायत केन्द्रीय सदस्य, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.