काठमाडौँ ०८ चैत / भारतको नयाँ दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टी (आप) नेता अरविन्द केजरिवाल बिहीबार पक्राउ परेका छन् ।
उनलाई अन्तःशुल्क नीति (सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा इन्फोर्समेन्ट डायरेक्टोरेट अथवा प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेको हो ।
दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएकाे छ । आज मात्र उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेको थियो । ईडीको टोली बिहीबार साँझ ७ बजे १० औं ’समन’ र सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो ।
उनले अदालतबाट इडीमा सोधपुछका लागि गएमा आफूलाई गिरफ्तार नगर्ने आश्वासन मागेका थिए । उनी एकपटक पनि सोधपुछका लागि उपस्थित भएका थिएनन् । केजरीवालको गिरफ्तारी पस्चात दिल्लीकी मन्त्री तथा आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजिनामा नदिने बताएकी छिन् ।
उनले जेलबाटै दिल्लीको सरकार चलाउने उनको भनाई छ । ईडीका अधिकारीहरु उनको निवासमा पुगेको थिए । हाल डिल्ली प्रहरीले उनको निवास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ।