मन्त्रीहरुलाई मन्त्रालय गएर बिदा हुन निर्देशन

| 2024 Mar 04 | 05:59 pm 2221

काठमाडौँ २१ फागुन । फेरिएको सत्ता गठबन्धनका कारण नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरूलाई मन्त्रालय पुगेर बिदा लिन निर्देशन दिएको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना मन्त्रीहरूलाई राजीनामा गर्न नभने पनि ५ बजे विनाविभागीय मन्त्रीहरूको शपथ ग्रहण तोकिएपछि मन्त्रालय पुगेर बिदा हुन निर्देशन दिइएको समाजवादीले जनाएको छ ।

बिकसित नयाँ सत्ता समीकरणको विषयमा प्रधानमन्त्री प्रचण्डबाट अहिलेसम्म ठोस प्रस्ताव नआएको एकीकृत समाजवादीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.