गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु

| 2024 Feb 28 | 10:41 am 997

काठमाडौँ १६ फागुन । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बर्खे अधिवेशन गत असोजमा बन्द गरिएको भए पनि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो २ बजेदेखि बैठक सञ्चालन गर्ने तयारी रहेको जनाएको छ ।

बिजनेस अभावका कारण सरकारले हिउँदे अधिवेशन सुरु गरेको थिएन । बर्खे अधिवेशन सम्पन्न भएको करिब ६ महिनापछि हिउँदे अधिवेशन आह्वान गरिएको हो । अधिवेशन सम्पन्न भएको ६ महिना नपुग्दै अर्को अधिवेशन सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

सोहीअनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेका हुन् । हिउँदे अधिवेशन नदीपुरस्थित प्रदेशसभाको भवनमा नै सञ्चालन हुने सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.