यस्तो छ तपाईंको फागुन १४ गते सोमबारको राशिफल

| 2024 Feb 26 | 07:08 am 1105

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० फागुन १४ गते सोमबार, ई.सं.२०२४ फेब्रुअरी २६, तिथि- फाल्गुन कृष्णपक्ष द्वितीया, उत्तरफाल्गुनी- नक्षत्र, धृति- योग, तैतिल- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ६ः३४, सूर्यास्त-१८ः०१ ।

मेष : भाइबहिनी वा सन्ततिका तर्फबाट दुखद् खबर प्राप्त हुनेछ ।

वृष : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

मिथुन : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

कर्कट : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।

सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

कन्या : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

तुला : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

वृश्चिक : कार्यबोझले शारीरिक थकान बढ्नेछ ।

धनु : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मकर : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।

कुम्भ : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

मीन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.