वीरगन्ज, फागुन १०। जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक कोमल बिक्रम शाहको सरुवा भएपछि उनको स्थानमा कुमोध ढुंगेल आएका छ्न् ।
शाहको नेपाल प्रहरी कार्यालय ईन्टरपोल शाखा नक्साल काठमाडौमा काज सरुवा भएकोमा जिल्ला प्रहरी परिसर
काठमाडौमा कार्यरत एसपी ढुंगेलले आज बुधबार पर्सा प्रहरीको कमाण्ड सम्हाल्न आएका हुन् ।
उनी आजै पर्सा पुगेर कमाण्ड सम्हालेका हुन् । एसपी ढुंगेललाई डीएसपी कुमार बिक्रम थापा लगायत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।
साथै एसपी ढुंगेलले कार्यालयको निरीक्षण र कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायिक निर्देशनसमेत दिएको पर्सा प्रहरीले जनाएको छ ।
एसपी ढुंगेल अपराध नियन्त्रण र गुण्डाहरूलाई तह लगाउने विषयमा निपूर्ण मानिन्छन् । ढुंगेललाई प्रहरीमा ईन्काउन्टर स्पेसलिस्ट भनेर चिनिन्छन् ।
पर्साबाट काठमाडौंमा सरुवा भएका प्रहरी उपरीक्षक शाह भने गत शुक्रबार नै जिल्ला प्रहरी कार्यालय पर्साबाट रवाना पत्र लिएर गएका थिए।