यस्तो छ तपाईंको फागुन ९ गते बुधबारको राशिफल

| 2024 Feb 21 | 07:48 am 773

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० फागुन ९ गते बुधबार, ई.सं.२०२४ फेब्रुअरी २१, तिथि- माघ शुक्लपक्ष द्वादशी, १२ः४८ बजेपछि त्रयोदशी, पुनर्वशु- नक्षत्र, आयुष्मान्- योग, वालव- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ६ः३९, सूर्यास्त- १७ः५८ ।

मेष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ ।

वृष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

कर्कट : अन्योलका बीच उन्नतिको मार्गप्रशस्त हुनेछ ।

सिंह : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

कन्या : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

तुला : पुरा हुनै लागेका काममा पनि व्यवधान आउन सक्छ ।

वृश्चिक : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।

धनु : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।

मीन : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.