करिब ४ सय ७ किलो गाँजासहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2024 Feb 14 | 09:29 am 985

सुनसरी,फागुन २। बराहक्षेत्र नगरपालिका-९ राजाबासबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ६ किलो ९ सय ४० ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी गाउँपालिका-८ बस्ने २७ वर्षीय लक्ष्मण राई रहेका छन् ।

ईलाका प्रहरी कार्यालय महेनद्रनगरबाट खटिएको प्रहरीले बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित दाहसंस्कार गर्ने घाट नजिक प्रदेश ०१-०२-००१ ज ४०५० नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा १३ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी चालक सूर्य र गाडीमा सवार लक्ष्मणलाई पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.