ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८० माघ १८ गते बिहीबार, ई.सं.२०२४ फेब्रुअरी १ तिथि- माघ कृष्णपक्ष षष्ठी, १०ः१८ बजेपछि सप्तमी, चित्रा- नक्षत्र, धृति- योग, वणिज- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ६ः५३, सूर्यास्त- १७ः४३ ।
मेष : दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।
वृष : यात्रामा पनि झण्झट आइलाग्नेछ ।
मिथुन : पराक्रम र उत्साहमा कमी आउने छ ।
कर्कट : अतिथिका रूपमा सम्मान पाइनेछ ।
सिंह : सामान हराउने वा चोरी हुने सम्भावना छ ।
कन्या : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।
तुला : आँटेताकेका काममा बाधा हुनेछ ।
वृश्चिक : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
धनु : निरर्थक लगानीबाट जोगिन सकिनेछ ।
मकर : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।
कुम्भ : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।
मीन : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्तिको योग छ ।
(हिमालय टाइम्सबाट)