वीर तिमी अगाडि बढ…………

रिपोर्ट नेपाल | 2024 Jan 29 | 08:28 am 1921

गोबिन्द राज ओझा (राजन)

वीर तिमी अगाडि बढ आज नयाँ बिहानी छ
आज बाटो नयाँ छ नयाँ चाहना छ
देशलाई समृद्ध बनाउनु छ
बाझो जमिनमा अन्न उब्जाउनु छ

मातृभूमिको  रक्षाको लागि तयार हुनु छ
हाम्रो स्वाभिमानको रक्षा गर्नु छ
वीर शहीदको बलिदानको पाठ सिकाउनु छ
यो मेरो प्यारो देश मनै देखि माया छ

यसले सबैलाई बाँच्न र बाँच्न दिने सन्देश दिन्छ
हाम्रो मातृभूमिबाट धेरै माया पाइन्छ
यो संसार उसको काखको छाया भन्दा सानो छ
साँच्चै भन्नु पर्दा सारा संसार नै हाम्रो परिवार जस्तै छ

वीर तिमी अगाडि बढ आज नयाँ बिहानी छ
आज बाटो नयाँ छ नयाँ चाहना छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.