मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2024 Jan 22 | 08:15 am 945

रेखीराम राना

तानसेन, माघ ८। पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रम्भा गाउँपालिका–१, असर्दी बस्ने २८ वर्षीय हेमन्त जिटी रहनुभएको छ ।

गए राति काली गण्डकी कोरिडोर सडक हुँदै रम्भाको पिपल डाँडाबाट हुँगीतर्फ आउने क्रममा रम्भा–१, भुमरमा ग १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जिटीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सडकदेखि दुई सय मिटर तल काली गण्डकी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी श्रीराम भट्टले जानकारी दिनुभयो । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । (गोरखापत्रबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.