काठमाडौं, भदौ १३: राष्ट्रिय सभाका चारवटा विषयगत समितिमध्ये ३ वटा समितिमा बुधबार सभापतिको टुंगो लाग्दै । विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति चयनका लागि बुधबार निर्वाचन हुँदै छ।
कुन समितिमा को सभापति ?
विधायन व्यवस्थापन समितिको सभापतिमा पर्शुराम मेघी गुरुङको उम्मेदवारी परेको छ । यसैगरी, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समितिको सभापतिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा पार्वतीले उम्मेदवारी दर्ता गरेका छन् ।
तीनवटै सभापति सर्वसम्मत
तीनवटै समितिमा नेकपाका एक–एक जनाको मात्र उम्मेदवारी परेकाले बुधबार समितिले सर्वसम्मत सभापति घोषणा गर्ने सचिवालयले जनाएको छ । दिगो विकास तथा सुशासन समितिको नेतृत्व कांग्रेसलाई दिने सहमति नेकपाले गरेको स्रोतले बतायो । सचिवालयका सहसचिव मुरारि महतले राष्ट्रिय सभाको आगामी बैठकले बाँकी एक समितिको सभापतिको निर्वाचन मिति तोक्ने जानकारी दिए ।