काठमाडौंमा आज बिजोर नम्बरका गाडी मात्र चल्न पाउने

| 2018 Aug 29 | 06:51 am 1956

काठमाडौं, भदौ १३: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सम्मेलनका लागि बुधबारदेखि काठमाडौं उपत्यकामा जोर बिजोर अंकका आधारमा मात्र गाडी चल्न पाउने भएका छन् । यसअनुसार आज बुधबार बिजोर नम्बरका गाडी मात्र चल्न पाउँछन् ।

बुधबारदेखि र शुक्रबारसम्म सबै निजी तथा भाडाका गाडीमा जोर बिजोर प्रणाली लागू भएको हानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बुधबार र शुक्रबार बिजोर नम्बर भएका गाडी र बिहीबार जोर नम्बरका गाडी मात्र चल्न पाउनेछन् ।

अन्तिमका २ अंकका आधारमा जोर र विजोर गणना हुनेछ । बिमस्टेक बैठकको अवधिमा सवारी आवागमन सहज बनाउन जोर बिजोर प्रणाली लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

त्यसैगरी नेपाल सरकारले बिमिस्टेक सम्मेलनको दुई दिन सरकारले उपत्यकाका निजी तथा सरकारी विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

शिक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीका अनुसार बिमिस्टेकको शिखर सम्मेलनमा भागलिन आउने सहभागी प्रतिनीधीको आवागमनलाई सुरक्षित र व्यवस्थित तथा सहज बनाउने उद्देश्यले भदौ १४ र १५ गते सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.