सामान्य रुपमा उकालो लाग्यो शेयर बजार

रिपोर्ट नेपाल | 2018 Aug 28 | 06:37 pm 2016

काठमाडौँ, भदौ १२: विगत केही दिनदेखि लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज मंगलबार भने थोरै सुधार भएको छ ।

आज नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.३७ बिन्दुले बढेर एक हजार १७७.०९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ बिन्दुले बढेर २४८.६१ बिन्दुमा पुगेको छ । कूल १५४ कम्पनीको ६ लाख २२ हजार ८०१ कित्ता शेयर १९ करोड पाँच लाख १३ हजार ९९६ मूल्यमा खरीद–बिक्री भएको छ ।

नेपाल स्टकका अनुसार तीन उपसमूहको शेयर भने घटेका छन् । अरू उपसमूहका शेयर भने बढेका छन् । जलविद्युत् ३.०४, अन्य ०.८ र जीवन बीमा समूहको ३१.०३ बिन्दुले घटेको छ । यस्तै बैङ्किङ १.८९, होटल १२.२४, विकास बैङ्क ८.६७, वित्त १।४२, निर्जीवन बीमा ५.९४, उत्पादन १२.२६ र माइक्रोफाइनान्स २.९२ बिन्दुले बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.