देउवालाई प्रधानमन्त्री ओलीको जवाफ- पोहोर मरिन सासू, अहिले आयो आँसु !

| 2018 Aug 28 | 03:07 pm 1886

काठमाडौं, भदौ १२ :  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जफाव दिएका छन् । आइतबार देउवाले सदनमा सम्बोधन गर्दै ओलीको जवाफ मागेका थिए। देउवाले उठाएका विषय लगायत संसद बाहिर हुने गरेका आलोचनाका विषयमा मंगलबार संसद्लाई सम्बोधन गर्दै आलीले जवाफ दिएका हुन्।

देउवाले उठाएका विषय लगायत संसद बाहिर हुने गरेका आलोचनाका विषयमा आलीले जवाफ दिएका छन्। ‘अहिले बाहिरतिर सरकार के मा अल्झियो भनेर टिप्पणी हुने गरेको छ,’ ओलीले भने, ‘संघीयता कार्यान्वयनका काममा यति धेरै काम भएका छन्, के यी काम होइनन् र ? ’ ओलीले मन्त्रालयको पुर्नसंरचना, स्थानीय तह, प्रदेश र संघको कार्यक्षेत्र निर्धाण लगायतका विषयमा उल्लेख्य काम भएको उनले बताए। ती कामहरु सजिला नभए पनि ती कामहरु सरकारले गरेको उनले बताए।

ओलीले मुलुकी संहितामा कुनै कमजोरी भए सच्याउन सरकार तयार रहेको समेत बताए । तर, अघिल्लो वर्ष नै संसदले पास गरेर राष्ट्रपतिबाट प्रमाणित भएको कानूनलाई लिएर सरकारको ओलाचना गर्नु नसुहाउने उनले बताए ।प्रधानमन्त्री ओलीले मुलुकी संहितालाई लिएर सरकारको आलोचना गर्नु ‘पोहोर मरिन सासू, अहिले आयो आँसु’ भने जस्तै भएको समेत बताए । उनले भने, ‘पोहोर बन्यो ऐन । पोहोर लाग्यो लापमोहन । चुपचाप निरो सुते झै सुतिरहे । अहिले जारी हुने बेलामा सरकारको अनुहार हेरेर यो त सहन सकिँदैन । पोहोर मरिन सासू, अहिले आयो आँसु धरधरी !’

उनले कमजोरी भए सच्याउन सकिने बताए । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘सदनबाट पारित भएको कानूनको सम्मान गर्छु । कमकमजोरी भए सच्याऊँ ।’

प्रधानमन्त्री ओलीको \ कतिले संघीयताको जग कमजोर बनायो भनेर आरोप लगाएको  बताए। ‘यी त संघीयताको जग हाल्ने काम होइनन् र ? म स्पष्ट गर्न चाहान्छु, यो सरकार बनेपछि संघीयतालाई व्यवहारिक रुपमा मजबुत बनाउने काम भएको छ। तीनै तहका सरकार आफ्नो कार्यक्षेत्रमा क्रियाशील हुन थालेका छन्।’  उनले भने, ‘लोकतन्त्रलाई थितीमा चलाउँ भनेर भन्दै गर्दा हामीसँग लोकतन्त्रको सर्टिफिकेट माग्ने कुरा सुहाउँदैन। मेरो जिन्दगी लोकतन्त्रका लागि वितेको छ।’ साथै उनले भर्खरै जारी भएका मुलुकी संहिताहरुको विषयमा भएको विरोध पनि नसुहाउँदो बताए।

‘चलन चल्तीको आरोपको भाषामा भन्ने हो भने दुई तिहाईको दम्भ भन्ने गरिएको छ। यो त गत वर्ष भदौमा यसै सदनबनाट पास भएको हो,’ उनले भने, ‘कहिले कहिले साथीहरुले आफ्नो नेतृत्वमा संहिता जारी भएकोमा गर्व गरेर वक्तब्य जारी गरेको देख्छु, फेरि त्रुटीपूर्ण छ पनि भन्छन्।’ उनले यस्ता विषयलाई राजनीतिको विषय बनाउन नपर्ने उनले बताए।

भुलचुक केही भएका भए सच्याउन सकिने उनले बताए। साथै उनले कतिपयले ओलीको उग्रराष्ट्रवादको कारुणिक विसर्जन भयो भनेर आरोप लगाए पनि आफ्नो पार्टी राष्ट्रियताको सवालमा यो सरकार र पार्टी राष्ट्रियताको विषयमा पहिले जुन ठाउँमा थियो अहिले पनि त्यही ठाउँमा रहेको उनले बताए।

करका विषयमा भइरहेको विरोधमा पनि ओलीले केही ठाउँमा नयाँ अभ्यासका क्रममा त्रुटी भएको भए पनि बाहिर हल्ला गरिए जस्तो नभएको बताए। शिक्षा, स्वास्थ्यका विषयमा निशुल्कको कुरा पनि गर्ने तर कर उठाउँदै गर्दा विरोध गरिहाल्ने गलत भएको उनले बताए। ‘साइकलमा कर लगाइएको होइन, साइकल पसलमा लगाइएको हो, अण्डामा कर लगाइएको होइन अण्डा ब्यापार गर्नेलाई कर लगाइएको हो, भैंसीमा कर लगाइएको होइन भैंसी, दूध, चीज बेच्दा कर लगाइएको हो’ उनले भने।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.