अवैध लागूऔषध सहित दुई महिला पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 28 | 01:52 pm 2465

मकवानपुर,भदौ १२: करीब ११ किलो अवैध लागूऔषध गाँजा सहित राक्सिराङ गाउँपालिका ४ सरिखेत फलासे बस्ने ४० बर्षीय केशरीमाया मोक्तान र कैलाश गाउँपालिका ५ गोगने बस्ने २० बर्षीया शान्ती अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

रिपोर्ट नेपालाई प्राप्त समाचार अनुसार मनहरी गाउँपालिका ६ सुनाचरीस्थित पूर्वपश्चिम राजमार्गमा मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना १ ह ६५८० नम्बरको अटो रिक्शामा आएका उनीहरु शंकास्पद लागी चेकजाँच गर्दा लागूऔषध सहित फेला परेकाले दुबैलाई प्रहरीले पक्राउ गरेको बताएका छन् ।

रिक्शा चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.