मकवानपुर, मंसिर २३ – हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोग्रामसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-१ बस्ने १९ वर्षीय नबिन स्याङतान र सोही ठाउँ बस्ने १९ वर्षीय सुजित स्याङतान रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।