काठमाडौं, मंसिर २१ / अमेरिकामा राम्रो हाेटलमा जागिर लगाइदिने प्रलोभन दिएर रकम ठगी गरेको अभियाेगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले रमेश न्याैपानेलाई पक्राउ गरेको छ। कैलालीको टिकापुर नगरपालिका १ घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने न्याैपानेले गणेश अधिकारी लगाएत ५ जना सँग प्रति व्यक्ति ४५ लाख लाग्ने भन्दै पटकपटक गरि ६४ लाख ४५ हजार लिएर सम्पर्क विहिन भई ठगी गरेको आराेपमा न्याैपानेलाई सिभिल अस्पतालबाट पक्राउ गरिएको सुचना अधिकारी रवीन्द्र रेग्मीले बताए ।