धादिङ, मंसिर २१ / लालिगुँरास डटकमका मनाेरन्जन संवाददाता एवं कलाकार प्रकाश ढकालको हत्या आराेपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। धादिङको बेनिघाट रोराङ–७ कृष्णभिरमा मृत भेटिएका पत्रकार तथा कलाकार प्रकाश ढकालको हत्या गरेको आरोपमा प्रहरीले सन्तोष परियार, निलबहादुर दर्जी, समीर विक र रविराज सुवेदीलाइ पक्राउ गरेको हो । पक्राउ परेका ४ जनामध्ये १ जना बसका साहु, १ जना चालक र २ जना सहचालक रहेको प्रहरीले जनाएको छ।
स्याङ्जाबाट काठमाडौं आउने क्रममा बसमा विवाद भएपछि कुटपिट गर्दै बसबाट ढकाललाई झारेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुले विवाद भएपछि रातिको समयमा बसबाट ढकाललाई झारेका थिए। ४ दिनदेखि हराइरहेका ढकालको शव मंसिर ४ गते धादिङको कृष्णभिरमा भेटिएको थियो।
तिहारमा आफ्नो घर चापाकोट गएका उनि घरबाट काठमाडौं फर्कने क्रममा उक्त बसमा चढेका थिए । एकाएक सम्पर्क बिहिन भएका ढकालको शब् त्रिशुली नदीमा र्याफ्टिङ गर्ने व्यक्तिले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शव संकास्पद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।