दैलेख, मङ्सिर १८। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने ठोकुवा गरेका छन्। झुलाघाट–चिवाभञ्ज्याङ कार्यक्रम अन्तर्गत सोमबार दैलेखको सदरमुकाममा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दावी गरेका छन्।
अध्यक्ष ओलीले एमालेलाई बदनीयतपूर्ण तरीकाले सरकारबाट हटाएर देशमा आतंक मच्चाइएको आरोप समेत लगाएका थिए। एमाले जनताको लागि काम गर्ने पार्टी भएको र देशको विकास एमालेलेमात्र गर्न सक्ने अध्यक्ष ओलीको कथन रहेको थियो। आगामी दिनमा विकासको लहर कसरी सिर्जना गर्ने भनेर अध्ययन र चिन्तन गर्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरिएको पनि अध्यक्ष ओलीको भनाइ रहेको थियो ।