चितवनमा महिला र पुरूषकाे शव कल्भर्टमा भेटियो

| 2023 Nov 22 | 03:15 pm 1773

चितवन मंसिर ६/ मुखमा टेप लगाईएका र हातखुट्टा बाँधेर बाेरामा राखिएका महिला र पुरूषकाे शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ९काे मिलनचाेकमा उक्त शव फेला पारिएको हाे।मिलनचाेककाे कल्भर्टमा हातखुट्टा बाँधेर बाेरामा पाेकाे पारेर फालिएको शवकाे पहिचान हुन सकेको छैन।अन्दाजी ३० वर्षको जस्तो देखिने शवका विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.