जाजरकोटका भुकम्प पिडीतलाई निर्मलाकाे मल्हम

| 2023 Nov 21 | 09:04 am 2601

काठमाडौं मंसिर ५/ महिला उधमी संघ गुल्मीकि अध्यक्ष एवं समाजसेवी निर्मला केसी क्षेत्रीले भुकम्पबाट बारीको बास भएका जाजरकोटका पिडीतलाई न्यानो कपडा दिएकी छन।नेपाली कांग्रेसका महामन्त्री गगन थापा मार्फत करिब डेढ लाख बराबरको ज्याकेट दिएकी निर्मलाले त्यसकाे भाेलिपल्ट संचारमाध्यमबाट जाडाेका कारण सुत्केरी र गर्भवतीकाे अवस्था सुनेपछि फेरि एकलाख बराबरको न्यानो कपडा दिएकी छन।नेपाली कांग्रेस गुल्मीकि सदस्य समेत रहेकी केसीले उक्त कपडा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठ र सदस्य माधव प्रसाद खरेललाई हस्तान्तरण गरेकी थिइन।निर्मलाबाट हस्तान्तरण गरिएका न्यानो लुगा ग्रहण गर्दै उपसभापति श्रेष्ठले विपत्तिका समयमा यसरी सहयोग गरेकोमा धन्यवाद दिदै अरूलाई पनि नेतृ केसीको अनुशरण गर्न आग्रह गरेका थिए।हस्तान्तरण गरिएका कपडामा ज्याकेट टाउजर रहेको श्रेष्ठले रिपोर्ट नेपाललाई बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.