आज जनै पूर्णिमाः यस्तो छ जनै लगाइनु र हातमा डोरो बाँध्नुको कारण

| 2018 Aug 26 | 07:24 am 2885

काठमाडौं, भदौ १०: आज जनयेन बद्धो बलीराजा दानवेन्द्रो महावलम्, तेन त्वों प्रतिबधामि रक्षे मा चल मा चल” यही मन्त्रका साथ जनै लगाइदिने पर्व जनै पूर्णीमा धुमधामका साथ मनाइँदै छ।

सनातनीहरुको उपनयन वा ब्रतबन्ध पछि जनै लगाउने र दाजुभाइ दिदी वैनीमा हातेडोरो वा पवित्र नाता सम्मान थप गर्ने साथै जुँवाइ ससुरा, मामा भान्जामा सम्बन्ध प्रगाढ गर्ने, बालबालिकामा खुसि ल्याउने सनातनी पर्व रुपमा यसलाई मानिन्छ।

जनै किन लगाइन्छ ?

हरेक सनातनी चाडपर्वले ब्याबहारिक, अध्यात्मिक र बैज्ञानिक महत्व दर्शाएका हुन्छन, बाल्यकाल सकिएर बिदा लिने सुरुवातमा ब्रतबन्ध गरिन्छ, धागो अर्थात बन्धन, पबित्रता र सुरक्षाको कसि सनातनी संस्कारमा पाइन्छ ।

जनै ब्रम्हा, बिष्णु, महेश्वर, कर्म, उपसना र ज्ञानको योग स्वरुप जनै यज्ञवाट पबित्र बनाएर लगाइन्छ । जनै लगाएपछि व्यक्तिले नियम आचरणमा बस्नु पर्ने, ध्यान जप गर्नु पर्ने, दिनहुँ नुहाउनु पर्ने संस्कार हुन्छ । दिनहुँ नुहाउदा स्वास्थ्यका लागि राम्रो हुने, छालामा रक्त सन्चार राम्रो हुने, मानिस शारिरिक रुपमा उमङ्ग थपिने हुन्छ ।

जप गर्ने संस्कारले राइट बे्रर्न उक्टिभ हुन्छ, जस्ले गर्दा ब्यक्तिको स्मरण शक्ति प्रचुर मात्रामा बिकास हुन्छ र तेजिलो बुद्धिका हुन्छन् । पिसाब फेर्दा कानमा जनै लगाउने गर्दा अक्युपंचर बाहिर आउदैन, जस्ले हर्मोनिया जस्तो रोगबाट बच्न सकिने धर्मशास्त्रीहरु बताउँछन्।

सानै उमेरमा ब्रतबन्ध किन ? र हाते डोरोको महत्व के छ ?

गर्वमा बालक आमाको कोखमा ३ महिना योग ध्यानमा बस्ने हुदा जन्मदै शिशुको राइट बे्रन एक्टिभ हुन्छ । वाहिरि वाताबरणले राइट ब्रेर्न उपयोग नहुदा ८ देखि १२ बर्ष सम्म पुर्ण रुपमा सक्रिय हुन्छ भन्ने मानिन्छ छ । त्यसैले राइट बे्रनलाई लुप्त हुन नदिएर सक्रिय बनाउन र बालबालिकामा स्मरण शक्ति बढाउन ब्रतबन्ध गराइएको बैज्ञानिक तथ्य छ । नियम आचरण अनुशासन र जिज्ञासु बन्नको लागि जप गर्ने मन्त्र गोप्य रुपमा सुनाइन्छ । गयात्रि मन्त्र नै सबै भन्दा उत्तम मन्त्र हो ।

दाजुबैनि, दिदी भाइको नाता सम्मन्धमा थप सम्मान र प्रगाढ बनाउने राखि वा हातेडोरोले गर्छ । साथै मुटुको धडकनसग जोडिएको रक्त नलि नाडिबाट प्रेसरलाई कन्टोल गर्न सहयोग पुग्ने हुदा नाडिमा धागो बादिन्छ । आजभोलि डक्टरहरुले पनि यस्तै बाध्न र लगाउन आग्रह गरेको पाइन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.