निर्मला हत्या प्रकरण : एसपी विष्ट निलम्बित, डिएसपी र इनेस्पेक्टर मुख्यालय तानिए

| 2018 Aug 25 | 05:42 pm 2089

काठमाडौं, भदौ ९: कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई गृहमन्त्रालयले निलम्बन गरेको छ।

डिएसपी ज्ञानबहादुर सेटी र मुद्दा शाखाका इनिस्पेक्टर एकेन्द्र खड्कालाई छानविनको लागि प्रहरी प्रधान कार्यालय तानिएको छ। छानविनमा लापरबाही गरेको भन्दै एसपी विष्टलाई निलम्बन गर्दै अन्यलाई प्रहरी मुख्यालयमा तानिएको हो।

विष्टलाई यस अघि कञ्चनपुरको प्रहरी प्रमुखबाट हटाइएको थियो।

गृहमन्त्रालयले उनीहरुलाई घटनाको छानविन अवधिभर प्रहरी मुख्यालयमा राख्ने निर्णय समेत गरेको छ।

उनीहरुले निर्मला पन्तको बलात्कार पछि हत्या घटनाका दोषीलाई बचाउने प्रयास गरेको शंका गरिँदै आएको छ। यस अघि गृहले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा तीन वटै सुरक्षा निकायका डिआइजी सदस्य रहने गरी कञ्चनपुर घटनाको छानविन समिति बनाएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.