अभिनेत्री कोइरालालाई बेलायती संसदमा सम्मान

| 2023 Oct 28 | 07:54 am 1365

काठमाडौँ, कार्तिक ११।चर्चित अभिनेत्री मनीषा कोइरालालाई बेलायती संसद्मा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ। बलिउड र दक्षिण भारतका सिनेमा उद्योगमा बितेका तीन दशकमा गरेको उल्लेख्य योगदानका लागि नेपाली अभिनेत्री कोइरालालाई शुक्रबार साँझ सम्मान गरिएको हो।

सम्मानका क्रममा सामाजिक क्षेत्रमा उनको सक्रियताको पक्षलाई समेत सम्झना गरिएको छ। बेलायती हाउस अफ कमन्सका सदस्य इमरान हुसैनले कोइरालालाई निमन्त्रणा गरेका थिए।

बेलायती संसदमा आयोजित उक्त कार्यक्रममा एसियन स्ट्यान्डर्ड पत्रिकाकी प्रधान सम्पादक फातिमा पटेलसमेत आयोजक रहेको उक्त विशेष संसदीय रिसेप्सनमा कोइरालाको योगदानलाई लिएर सम्मान गरिएको हो।

(नागरिकबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.