चेल्सीसँग आर्सनलको बराबरी

| 2023 Oct 22 | 08:38 am 1069

लन्डन , कात्तिक ५ गते।आर्सनलले दुई गोलले पछाडि रहेको स्थितिबाट इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीलाई २–२ को बराबरीमा रोकेको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले कोल पाल्मर र मखायलो टोमियासुको गोलले २–० को अग्रता लिएको थियो ।

त्यसयता आर्सनलका लागि डक्लन रिस र लिआन्द्रो ट्रोसार्डले गोल फर्काए । यो नतिजापछि आर्सनल २१ अंकमा लिग तालिकाको दोस्रो स्थानमा रह्यो । समान अंकमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।

सिटीले अर्को खेलमा ब्राइटनलाई २–१ ले हरायो । लिभरपुल २० अंकमा छ र उसले एभरटनलाई २–० ले पराजित गर्‍यो । यस्तै म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई २–१ ले पन्छायो ।

अन्य खेलमा उल्भ्सले बर्नमाउथलाई २–१, ब्रेन्टफोर्डले बर्नलीलाई ३–०, न्युकासल युनाइटेडले क्रिस्टल प्यालेसलाई ४–० ले हरायो । नटिङघम फरेस्ट र लुटन टाउनले भने २–२ को बराबरी खेले ।(कान्तिपुरबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.