यस्तो छ तपाईंको कात्तिक ४ गते शनिबारको राशिफल

रिपोर्ट नेपाल | 2023 Oct 21 | 07:37 am 1309

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० कात्तिक ४ गते शनिबार, ई.सं. २१ अक्टोबर, २०२३ । तिथि-आश्विन शुक्लपक्ष सप्तमी, नक्षत्र- पूर्वाषाढा, योग- सुकर्मा, करण- गर, चन्द्रराशि- धनु, सूर्योदय ६ः०८ सूर्यास्तः १७ः२८ ।

मेष : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

वृष : मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।

मिथुन : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

कर्कट : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

सिंह : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।

कन्या : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

तुला : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

वृश्चिक : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

धनु : नवीन रोजगारीको सम्भावना छ ।

मकर : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

कुम्भ : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

मीन : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।

(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.