सिन्धुपाल्चोक प्रहरीले सार्वजनिक गर्यो सुरक्षा योजना

| 2023 Oct 18 | 12:46 pm 1657

काठमाडाैं, कार्तिक १ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख बालनरसिंह राणाले चाडपर्वका बेला चोरी र लुटपाटका घटना हुन सक्ने भएका कारण बाहिर निस्कदा घरका सबै चुकुल चाबी राम्रोसँग चेक गरेर मात्र निस्कन आग्रह गरेका छन् ।

नजिक आइरहेका चाडपर्व केन्द्रीत सुरक्षा व्यवस्थापन चुस्त दुरुस्त भएपनि संभावित घटनाहरुमा नागरिकले पनि बिना बर्दीको प्रहरीको भूमिका निर्वाह गर्नु पर्नेमा एसपी राणाको जोड रहेको थियो । ६८‍‍ औं प्रहरी दिवसका अवसरमा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गराउन मुख्य भुमिका निर्वाह गर्ने २२ जना प्रहरीलाई सम्मान गर्ने क्रममा एसपी राणाले उक्त कुरा बताएका हुन् ।

गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा भन्ने नाराका साथ चाडपर्व विशेष सुरक्षा कार्यक्रम अघि सारेको सिन्धु प्रहरीले घरदैलो कार्यक्रम देखि चाेकजाँचमा कडाई गरिरहेको छ । चीनको नाका कोदारीमा सिसिटिभी जडान देखि पैदल गस्ति हुँदै राजमार्ग गस्तीलाई तिब्रता दिएपछि सिन्धुपाल्चोक अपराध र चोरीका घटना कमी भएको सर्वसाधारण जनताको भनाई रहेको छ । जिल्लामा प्रमुखका रुपमा राणा आएपछि यथार्थमै प्रहरी जनताको साथी भएको महशुस गरिएको कुरा चाैतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष सुदिप श्रेष्ठले बताए ।

६८ औं प्रहरी दिवशका अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रहरी र अमर प्रहरी परिवारलाई सम्मान गरिएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.