काठमाडाैं, असोज ३० । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट अवैध रकम सहित चिनियामूलका भारतीय नागरीक पक्राउ परेका छन ।
यसरी पक्राउ पर्नेमा चीनको सिचुवानबाट नेपाल आएका थिन्ले छोदेन रहेका छन । विमानस्थलमा ओर्लिएर दिल्ली उड्न लागेका छोदेनलाई १६ हजार ४ सय ३० अमेरीकी डलर ५७ हजार ४ सय ५१ चिनीया युआन र ५ हजार भारतीय रुपैया सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ । भारतको धर्मशालामा बस्ने छोदेन बाट बरामद रकम नेपाली ३५ लाख ८० हजार हुने पनि प्रहरीले जनाएको छ ।