डीएसपी मदन कुँवर मुख्यमन्त्रीबाट सम्मानीत

रिपोर्ट नेपाल | 2023 Oct 17 | 12:58 pm 1981

कास्की, असोज ३० । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले जनताको शान्ति सुरक्षा र अमनचयनका लागि नेपाल प्रहरीको भूमिका उल्लेख्य रहेको बताएका छन् ।  ६८ ‍औं प्रहरी दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्टता हासिल गरेका प्रहरी कर्मचारीलाई सम्मान गर्ने क्रममा मुख्यमन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मुख्यमन्त्री पाण्डेले जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी मदन कुँवरलाई सम्मान गरेका हुन् ।  गण्डकी प्रदेशमा उत्कृष्ट भएका कुँवरलाई गण्डकी प्रदेशका जिल्ला कमाण्डरहरु मध्ये  उत्कृष्ट कार्य गरे बापत सम्मान गरिएको हो ।

त्यसैगरी गण्डकी प्रदेश प्रहरी कार्यालयले अनुसन्धानतर्फ सर्वोत्कृष्ट प्रहरीमा प्रदेश प्रहरी तालिम केन्द्रका वरिष्ठ सई रामबहादुर क्षेत्रीलाई सम्मान गरेको छ ।

उत्कृष्ट बाह्य प्रशिक्षण तर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका सई रुद्र बहादुर दरै, सूचना सम्प्रेषण तथा जनचेतना अभिवृद्धितर्फ गण्डकी प्रदेश प्रहरी गण पोखराका असई सहदेव पौडेल सम्मानित भएका छन् ।

उत्कृष्ट सवारी चालकतर्फ प्रदेश प्रहरी कार्यालयका असई जगेन्द्र गाहा, योगेन्द्र स्मृति साहसिक पुरस्कार इलाका प्रहरी कार्यालय चन्द्रवती तनहुँका जवान कुमार फाल मगर बाह्य प्रशिक्षण उत्कृष्ट पुरस्कार प्रदेश प्रहरी तालिम केन्द्र पोखराका जवान किरण थापाले पाएका छन् ।

पोखरामा आयोजित कार्यक्रमका बिच प्रहरीको सेवा प्रवाहमा सहयोग गर्ने विभिन्न सङ्घ, संस्था र व्यक्तिहरूलाई पनि सम्मानित गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयन प्रभावकारी बनाउन सघाउने स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र बागलुङको बडिगाढ गाउँपालिका सम्मानित भएका छन् । पोखरा १५ का समाजसेवी प्रेम बहादुर थापा र मुस्ताङको अवरुद्ध सडक खुलाउन दिनरात खटिने समाजसेवी दानाका सुपरभाइजर इन्द्रसिं शेरचनलाई सम्मान गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र बगरका राम प्रसाद अधिकारी, सामुदायिक सेवा केन्द्र माटेपानीका मिरा आचार्य, बगरका पूर्वअध्यक्ष मनपति भण्डारी र लेखनाथका संस्थापक अध्यक्ष मोती गिरीलाई नागरिक स्तरमा प्रहरीको सेवा विस्तारमा सहयोग गरेको भन्दै सम्मान गरिएको थियो । सोही कार्यक्रममा ८५ वर्ष भन्दा बढी उमेरका पूर्व प्रहरी कर्मचारीहरू पनि सम्मानित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.