मुस्ताङमा यात्रु सहायता कक्ष संचालन

| 2023 Oct 15 | 08:25 pm 2061

मुस्ताङ, असोज २८ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले आउदै गरेको दशैं तिहार लगायतका चाडपर्बलाई लक्षित गरि यात्रु सहायता कक्ष निर्माण गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा जिल्लाको घासा जोमसोम र कागबेनीमा यात्रु सहायता कक्ष निर्माण गरि सेवा प्रदान गर्न थालिएको हो ।

यात्रु सहायता कक्षमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ट्राफिक प्रहरी र जनपद प्रहरी समेत खटाई सेवा संचालन गरिएको छ ।

यसबाट यात्रुलाई सहायता सहितको सेवा पुगेको छ । उक्त कक्षमा दैनिक सवारी साधन र भाडादरको बिषयमा जानकारी सेवा लिन आउने सेवाग्राहीलाई जानकारी गराउने गरिएको छ । उक्र यात्रु सहायता कक्ष संचालन भए यता जिल्लाको तिनओटै कक्ष घासा बाट ९० जना जोमसोमबाट ५ जना र कागबेनी बाट १० जना गरि जम्मा ११० जना यात्रु तथा सेवाग्राही लाई विभिन्न बिषयमा सेवा दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.