गुल्मेलीहरु राजधानीमा शुभकामना साटासाट गर्ने

| 2023 Oct 13 | 01:05 pm 2405

काठमाडाैं, असोज २६ । गुल्मी जिल्लाबाट काठमाडाैं उपत्यकामा विभिन्न पेशामा आवद्ध गुल्मेली छाता संगठन गुल्मेली समाज र अधिकृतको छाता संगठन गुल्मेली अधिकृत समाजको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ ।

समाजका सदस्य योगराज कँडेलका अनुसार वडादशैं, तिहार र छठ पर्वको अवसरमा आपसी भाइचारालाई अझ बलियो र फराकिलो बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । असोज २८ गते विहान ११ बजे गाैशालामा रहेको पाैवा होटलमा कार्यक्रम राखिएको छ । आपसी सद्भभाव र भाइचारालाई कसिलो बनाउनका लागि राखिएको शुभकामना आदान प्रदान कार्यक्रममा आम गुल्मेलीलाई आमन्त्रण गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.