याैन पिपासु मामाबाट भान्जी वलात्कृत

| 2023 Oct 12 | 04:34 pm 82169

धनुषा, असोज २५ । पछिल्लो समय देशका विभिन्न ठाँउमा अपराध कर्म गर्नेको संख्याले वृद्धि पाइरहेको छ । पाको उमेर देखि नावालिका बलात्कृत भएका घटना पनि प्रशस्त आइरहेका छन् । यसै क्रममा गत शनिवार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नाताले मामा पर्नेले एक नावालिकालाई बलात्कार गरेको समाचार प्राप्त भएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार नाताले मामा पर्ने २५ वर्षिय इश्वरराज भन्ने भरत महतोबाट खेतमा घाँस काट्न गएकी बालिका बलात्कृत भएकी हुन् । इलाका प्रहरी कार्यालय महेन्द्र नगरका प्रहरी निरीक्षक दिपक कार्कीका अनुसार महतो बाख्रा चराउन गएको र बालिकाले एक्लै घाँस काटीरहेको बेला पछाडीबाट आँखा छोपिदिएर उँखु बारीमा लगेर हात खुट्टा बाँधेर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

बलात्कार गरेको उजुरीमा उल्लेख छ । बलात्कार गरिसकेपछि पछाडी र चप्पल किनिदिने भन्दै महतोले फकाएको पनि उल्लेख गरिएको छ । घटनालाई बाहिर ल्याउन नदिन महोतका आफन्तले आर्थिक लोभ देखि अनेक प्रयास गरेका थिए । १५ वर्षिय बालिकाले कुनै हालतमा छाड्न नहुने अडान लिएपछि प्रहरीमा उजुरी परेको छ । बालिकाको मेडिकल भइसकेको र अरु आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.