काठमाडाैं, असोज २५ । पर्सा घर भई हाल ललितपुर महानगरपालिका वडा नं १७ ग्वार्को बाफल स्थित एसवी ह्याण्ड ग्राफीमा काम गर्ने बर्ष २४ को अरुण बिश्वकर्मालाई पेट्रोल छर्कि आगो लगाई भाग्ने बर्ष २६ को शिबु भनिने सुवास बि.क. लाई प्रहरीले पक्राउ गरेको छ ।
विश्वकर्माको शरिरमाआगोसल्किन गई सो स्थानमा रहेका अन्य २ जना समेत गरी जम्मा ३ जना घाईते भई किर्तिपुर बर्निङ्ग अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
आगो लगाउने सुवास वि.कलाई काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी कारवाहीका लागी प्रहरी वृत्त सातदोबाटो, ललितपुर पठाएको कार्यालयका सुचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।