अनलाईन मार्फत ठगी गर्ने कार्यमा सनिषा पक्राउ 

| 2023 Oct 12 | 09:58 am 3081

काठमाडाैं,  असोज २५ । सामाजिक सञ्जालमा फेसबुक, ह्वाट्सएप, लगायतका एप्सहरुको दुरुपयोग गरी पिडितलाई आफु ईटालिको नागरिक हुँ भनी बिश्वास दिलाई साथी बनी  ह्वाट्सएप मा सम्पर्क गरी माया प्रेमको प्रपञ्चमा पारी ठगी गर्ने सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

मल्लले आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना ५ हजार डलर सहितको गिफ्ट पठाईदिएको छु भनी बाहना बनाई पिडितलाई बिभिन्न नम्बरका ह्वाट्सएप आइडी बाट च्याट र कल गरी डा.  रवाय हिकोलेले पठाएको गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको छ, तपाईले  पार्सल पाउनको लागी भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पिडितलाई बिश्वास दिलाई बिभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाताहरुमा पटक-पटक गरी जम्मा १७ लाख १५ हजार  रकम पठाउन लगाई लिई अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न ललितपुर महानगरपालिका वडा नं १९ बस्ने बर्ष २९ की मल्ललाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर, ललितपुर पठाईएको कुरा काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन्  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.