बालयौन दुर्व्यवहारको आरोपमा एमाले जुम्लाका उपाध्यक्ष विरुद्ध जाहेरी दर्ता

| 2023 Oct 11 | 05:25 pm 2145

सुर्खेत, असोज २४ । नेकपा एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाहीमाथि बालयौन दुर्व्यवहार गरेको आरोप लागेको छ । शाहीले एक किशोरीलाई यौन प्रस्ताव राखेको अडियो सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ ।

अडियोमा उनले किशोरीसँगको कुराकानीमा याैन प्रस्ताव राखेको र  ललाइ फकाई गरेको सुनिन्छ । सो  विषय यतिबेला प्रहरी समक्ष पुगेको छ । जुम्ला प्रहरीका अनुसार शाहीविरुद्ध १७ वर्षीय किशोरीमाथि यौन दुर्व्यवहारको आरोपमा जाहेरी दर्ता भएको छ ।

मंगलबार दर्ता भएको जाहेरीका आधारमा बालबालिका विरुद्धको कसुरमा प्रहरीले आवश्यक अनुसन्धान प्रारम्भ गरेको छ । पीडित किशोरीका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएका हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.