काठमाडाैं, असोज २३ । विभिन्न मुलुकमा वैदेशिक रोजगारीका लागि पठाउने भन्दै ठगिका घटनाहरु बढीरहेका बेला अब सरकारकै पहलमा रोजगारीका लागि युरोपियन मुलुक जर्मनी जान पाउने बाटो खुलाएको छ ।
मंगलबार नेपालले जर्मनसँग श्रम सम्झौता गरेको छ। समझदारी अनुसार जर्मनी जाँदा श्रमिकहरूले कुनै पनि शुल्क तिर्नु नपर्ने श्रम मन्त्रालयका सूचना अधिकारी कृष्ण भूसालले जानकारी दिए।
यसअघि नेपालले रोमानियासंग पनि श्रम सम्झौता गरेको थियो। रोमानिया लगायत युरोपियन देशमा जानका लागि नेपालीले लाखौँ रुपियाँ खर्च गरे पनि ठगीमा पर्ने गरेका छन्। यस्ता समस्याको समाधान गर्न सुरक्षित गन्तव्यको खोजी गर्ने क्रममा नेपालले श्रम सम्झौता युरोपेली देश रोम निया र जर्मनीसँग पनि श्रम सम्झौता गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
जर्मनीले अहिले कुन–कुन क्षेत्रमा नेपाली श्रमिक लैजाने भनेर नतोके पनि निर्माण क्षेत्र, फ्याक्ट्रीलगायत क्षेत्रमा श्रमिकहरु लैजान सक्ने अनुमान लगाइएको छ । जर्मनी जान श्रमिकहरूले अनलाइन मार्फत आवेदन दिन सक्ने छन्। यस अघि जर्मनीका लागि श्रम सम्झौता नभए पनि कुनै न कुनै माध्यमबाट त्यहाँ नेपालीहरू पुगेका छन्।