इजरायल आक्रमणमा ज्यान गुमाएका १० जना नेपालीको सनाखत भयो

| 2023 Oct 09 | 11:46 am 3521

काठमाडाैं, असोज २२ । इजरायलमा प्यालेस्टीनी लडाकु समुह हमासको आक्रमणमा ज्यान गुमाएका  १० जना नेपालीको सनाखत भएको  दुताबासले जनाएको छ ।

दूतावासका अनुसार आक्रमणबाट ज्यान गुमाउने नेपालीहरूमा  कैलालीका नारायण प्रसाद न्यौपाने, कैलालीकै आशिष चौधरी,  दार्चुलाका लोकेन्द्र सिंह धामी, दार्चुलाकै दिपेश राज विष्ट,  बझाङका गणेश कुमार नेपाली, सुनसरीका राजेश कुमार स्वर्णकार,   डोटीका राजन फुलरा, डोटीकै पदम थापा, धनुषाका आनन्द साह र सल्यानका  प्रवेश भण्डारी रहेका छन्।

यस्तै विपिन जोशीको अवस्था हालसम्म अज्ञात रहेको पनि दूतावासले जनाएको छ। यस्तै विधान सेजुवाल, हिमांचल कट्टेल र प्रविण डाँगीको हाल उपचार भइरहेको छ भने धन बहादुर चौधरी, विरेन्द्र चौधरी र प्रमोद के.सी. उपचार पछि सकुशल रहेको पनि दूतावासले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.