सुख्खा पहिरोले लियो खड्काको ज्यान

| 2023 Oct 09 | 11:08 am 3501

पाल्पा, असोज २२ । नजिकै आइरहेको नेपालीको महान चाड दशैंमा यात्रुलाई यात्रा गर्न सजिलो होस भनी सडक मर्मत गरिरहेका बेला पाल्पाको रामपुरमा सुक्खा पहिरो गएका कारण जेसिबी पुरिंदा त्यसका चालकको मृत्यु भएको छ।

रामपुर नगरपालिका बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा अचानक सुक्खा पहिरो जाँदा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका-१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको कुरा इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

दुर्घटनालगत्तै प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाएकोमा उपचारकै क्रममा  खड्काको मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.