कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

रिपोर्ट नेपाल | 2018 Aug 24 | 04:42 pm 1916

काठमाडौं, भदौ ८ : नेपाली कांग्रेससको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज ९शुक्रबार० बस्ने भनिएको बैठक अन्तिम समयमा आएर एजेन्डा नै तय नभएको भन्दै स्थगित गरिएको हो ।

बैठकका एजेण्डा तय गर्न शुक्रबार बसेको शीर्ष नेताहरुको बैठक ढिलासम्म चलेको थियो । तर, एजेण्डाबारे नेताहरु निश्कर्षमा पुग्न सकेनन् । बैठक भोलि ११ बजे बस्ने गरी स्थगित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.